गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

रासस
भाद्र ३१, २०७८
NTC

पोखरा, ३१ भदौ (रासस) । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ ।

आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिनुभयो ।

उहाँले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौ ।” उहाँले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाउनुभयो ।

उहाँका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ । तीमध्ये पाँच लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताउनुभयो । उहाँले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सुचारु गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताउनुभयो ।

उहाँले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीको अनलाईन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उहाँको भनाइ छ ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

    रासस असाेज २७, २०७८
    कृष्ण दवाडी कास्की, २७ असोज (रासस) ः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण…
  • एन प्याव्सन कास्कीको साधारण सभा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २६, २०७८
    पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका…
  • पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

    रासस असाेज २६, २०७८
    कास्की, २६ असोज (रासस) । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र…
  • महानगरद्वारा खसी बजार अनुगमन

    रासस असाेज २५, २०७८
    कास्की, २५ असोज (रासस) । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र…
  • अत्याधुनिक सेवा सहित केशर मेडिस्पा चौथो वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २२, २०७८
    पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । संस्थाका…