बगैंचा टोल विकास संस्थाको अध्यक्षमा ढकाल 

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३१, २०७८
mina

पोखरा, ३१ भदौं । बगैंचा टोल विकास संस्था पोखरा महानगरपालिका वडा नं ६ बैदामको अध्यक्षमा मीना ढकाल चयन हुनुभएको छ ।

संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरको हो ।

समितिको उपाध्यसक्षमा उर्मिला ढकाल, सचिवमा रेनु थापा लामिछाने, कोषाध्यक्षमा राम ढकाल, सहसचिवमा रमा शिव भक्ती हुनुहुन्छ ।

सदस्यहरुमा वासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुँवर, मिठु गिरी, शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सीता पौडेल हुनुहुन्छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा भित्र रहेका २७ वटा टोल विकास संस्थामध्य बगैंचा टोल विकास संस्था अरु भन्दा पृथक रहेको बताउनु भयो ।

टोल सुधार समन्वय समितिका बैदामका पूर्व अध्यक्ष तथा रेडक्रस बैदामका सभापति गिरिराज अधिकारीले समाजमा रहेको विकृति विसंगतिविरुद्व जनचेतना फैल्याउन आग्रह गर्नुभयो ।

संस्थाकी अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकाल, सचिव रेनु थापा लामिछाने, सल्लाहकार प्रेमनारायण अधिकार, सल्लाहकार बलराम गिरी, मिडिया सल्लाहकार गणेश पहारी, सदस्य बासु बरालले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives