मन्त्री श्रेष्ठ परिक्षा केन्द्रमा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३०, २०७८
Mekhlal sth

पोखरा, ३० भदौ । शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कक्षा १२ को परिक्षा केन्द्र निरीक्षण गर्नुभएको छ ।
उहाँले बुधबार पोखराका विभिन्न पाँच वटा परिक्षा केन्द्र निरीक्षण गर्नुभएको हो । त्यस क्रममा उहाँले विद्यार्थीले खोप लगाए÷नलगाएको, स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए÷नभएको बारे जानकारी लिनुभएको थियो ।

परिक्षा केन्द्रको वातावरण, अवस्था, व्यवस्थापनको निरीक्षणपछि उहाँले परिक्षालाई स्वच्छ, मर्यादीत र शान्तिपूर्ण रुपमा संचालन गर्ने निर्देशन दिनुभएको थियो ।

अनुगमनमा राष्ट्रिय परिक्षा वोर्ड प्रदेश परिक्षा व्यवस्थापन कार्यालयका निर्देशक विण्णु नारायण श्रेष्ठ ,उपनिर्देशक नवराज पौडेल ,स्वकीय सचिव दिपक शर्मा वाग्ले सहभागि हुनुहुन्थ्यो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives