राप्रपा कास्कीको अध्यक्षमा नारायण

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३०, २०७८
narayan grg

पोखरा, ३० भदौ । राप्रपा कास्कीको पोखरामा सम्पन्न एकता अधिवेशनबाट नारायण गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

समितिका अन्य पदाधिकारी एवं सदस्य अध्यक्षले मनोनित गरी कार्यसमितिलाई पूर्णता दिनुहुने बताइएको छ । गुरुङले यसअघि पार्टीको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसक्नु भएको छ ।

पोखरा १३ वीपी मार्ग निवासी गुरुङ तत्कालित पोखरा उपमहानगरपालिका वडा नं १३ को पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ गोर्खा दक्षिणबाहु चौथो पदकबाट समेत विभुषित हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ ।

अध्यक्ष निर्वाचित भएपछि गुरुङले देश र जनताको हित हुने काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives