पोखरा, २२ भदौ । पोखरामा रहेको ग्यालेक्सी हस्पिटल प्रा.लि र कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सम्झौता भएको छ ।
सहकारीका सदस्य र आश्रित परिवारका सदस्यलाई स्वास्थ्य उपचार सेवामा सहुलियत दिने गरी पाँच वर्षका लागि दुवै पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा सबै प्रकारका स्वास्थ्य परिक्षण र प्रयोगशाला परिक्षण सेवामा १२ प्रतिशत छुट दिइने उल्लेख छ ।
त्यस्तै, फार्मेसी सेवामा ७.५ प्रतिशत छुट दिइने जनाइएको छ । सम्झौतामा हस्पिटल प्रा.लिको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धर र सहकारीको तर्फबाट अध्यक्ष आत्माराम पौडेलले हस्ताक्ष गर्नुभएको छ ।
 
								
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम