युनियन दिवस एवं निजामती कर्मचारी सेवा दिवसमा पोखरामा रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २२, २०७८
Raktadan

पोखरा, २२ भदौ । ‘व्यवसायीक र सृजनशील प्रशासनः विकास, समृद्वि र सुशासन’ भन्ने मूल नाराका साथ मङ्गलबार युनियन दिवस एवं निजामती कर्मचारी सेवा दिवस २०७८ मनाइएको छ ।

यस दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति कास्कीको प्राङ्गणमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गर्नुभएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले रक्तदाता नेपाल निजामती कर्मचारी युनियन कास्कीका सचिव सुरेश श्रेष्ठ र मुख्यमन्त्रीका निजी सचिव विष्णु प्रसाद भुषाललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा युनियनका सचिव श्रेष्ठले ४७ औं पटक रक्तदान गर्नुभएको थियो ।

रक्तदाताहरुलाई नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, मुख्यमन्त्रीका निजी सचिव विष्णु प्रसाद भुषाल, युनियनका केन्द्रीय निवर्तमान सचिव शिव गौतम, आधिकारीक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुषाल, उपाध्यक्ष लक्ष्मीभद्र वाग्लेले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives