पोखरा, २० भदौ । पोखरा १६ बाटुलेचौर निवासी काँग्रेसका युवा नेता अमृत शर्मा तिमिल्सिना नेपाली काँग्रेस यातायात व्यवसायी समन्वय विभागको गण्डकी प्रदेश सचिवमा मनोनित हुनुभएको छ ।
विभागका प्रमुख महेन्द्र यादवले उहाँलाई सचिव पदमा मनोनित गर्दै पार्टीको स्थानीय तह, समन्वय विभाग तथा पार्टीलाई सुदृढ र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभएको छ ।
लामो समयदेखि यातायात क्षेत्रमा संलग्न तिमिल्सिना हाल पोखरा यातायात प्रा.लिको प्रवन्ध निर्देशक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीको महासचिव हुनुहुन्छ ।
उहाँ भदौ १८ गतेसम्म वडा अधिवेशनबाट नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १६ को सभापतिमा निर्वाचित हुनुभएको थियो ।
यातायात क्षेत्रको विकास र पार्टीको सुदृढिकरणमा समर्पित भएर लाग्ने प्रतिवद्वता व्यक्त गर्दै उहाँले सबैबाट सहयोग, सुझाव र सद्भावको अपेक्षा गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न