पोखरा, १७ भदौ । बुद्ध एयरले बुधबार पोखराबाट सिमरा उडान शुरु गरेको छ ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सेवा शुभारम्भ गर्नुभयो ।
शुभारम्भसँगै पर्यटन मन्त्रीसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहितको १८ जनाको टोली सिमरा गएको छ ।
पर्यटन मन्त्री शर्माले पोखरा सिमरा उडानले पर्यटन प्रवद्र्वनमा टेवा पु¥याउने उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको विकाससँगै पर्यटन व्यवसायीलाई उत्साहित बनाउन आफ्नो भूमिका रहने बताउनुभयो ।
बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने छ ।
मन्त्री सहितको टोलीले सिमरामा नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives