कास्कीमा काँग्रेसको वडा अधिवेशन भदौ १८ मा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १५, २०७८
congress

पोखरा, १५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका वडाहरुको अधिवेशन भदौ १८ गते शुक्रबार हुने भएको छ ।

कास्की काँग्रेसका पदाधिकारी र निर्वाचन समितिको मङ्गलबारको संयुक्त बैठकले अधिवेशन पूर्व निर्धारित मिति भदौ १८ मा नै गर्ने गरी तयारी शुरु गर्ने निर्णय गरेको हो ।

निर्वाचनको तयारीका लागि कास्कीका निर्वाचन अधिकृत आर.सी विमल(रामचन्द्र पौडेल) मङ्गलबार पोखरा आउनु भएको छ ।

सबै वडाहरुमा भदौ १७ गते बिहीबार साँझसम्ममा मतदान अधिकृत र निर्वाचन सामग्री पुग्ने छ । बैंठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

कास्कीका ७२ वडाबाट यसपटक दुई हजार १९ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives