पोखरा, ११ भदौ । पोखरा ३ नदिपुरबाट जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय एकमाया राना मगरको घरको कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नगद ५६ हजार एक सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने ३७ वर्षीया एकमाया राना मगर, ३५ वर्षीया नीता पुन, ३८ वर्षीय इन्द्र राना मगर, ५४ वर्षीया नर कुमारी रोक्का मगर र ४४ वर्षीय बुद्धि बहादुर राना छन् ।
त्यस्तै, पोखरा ८ न्यूरोड बस्ने २९ वर्षीय देविन पुन, पोखरा २ अर्चलबोट बस्ने ३२ वर्षीया मनमाया रोक्का र म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ बस्ने २५ वर्षीय प्रेम चुचाङ्गे छन् ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित