पोखरा, १० भदौ । पोखरामा रहेर एआरभी औंषधी सेवन गरिरहेका एचआईभी संक्रमितले कोभिड विरुद्वको खोप लगाउनु भएको छ ।
कम्युनिटी सपोर्ट ग्रुपको कार्यालय पोखरामा बिहीबारदेखि एष्ट्राजेनिका खोप लगाउन थालिएको कार्यकारी निर्देशक दिलीप गुरुङले जानकारी दिनुभयो। शुक्रबारसम्म करिब चार सय जनालाई खोप लगाइने उहाँको भनाइ छ ।
एड्स फेसिलिटेशन ग्रुपको संयोजनमा एनएपि प्लस एन, रिकभरिङ्ग नेपाल, एआरटी युनिट, एएचएफ नेपाल, नौलोे बिहानी, एनएफडब्लुएलएचएको सहकार्यमा खोप लगाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय कास्कीले आवश्यक सहयोग गरेको थियो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न