कास्की काँग्रेस जिल्ला सदस्य पराजुलीलाई मातृ शोक, क्रियाशील सदस्य थापाको निधन

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ९, २०७८
parajuli

पोखरा, ९ भदौ । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य उमेशराज पराजुलीलाई मातृ शोक परेको छ ।

उहाँकी आमा मोहन कुमारी पराजुलीको ८७ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय मृर्गाैला सम्बन्धी समस्याबाट प्रभावित उहाँको काठमाण्डौस्थित ग्राण्डि अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । छोरामध्य उमेश जेठा छोरा हुनुहुन्छ । उहाँ नेपाल परिवार नियोजन संघ गण्डकी प्रदेशको संयोजक पनि हुनुहुन्छ ।

उहाँका नाति प्रमेश पराजुली पोखराको व्यवसायी हुनुुहुन्छ । प्रमेश बतास ब्रदर्श प्रा.लिको कार्यकारी निर्देशक हुनुहुन्छ ।

स्व. पराजुलीको पार्थिव शरीर पोखरा तुल्सिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो ।

त्यस्तै, पोखरा १८, सेदी निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य अकल बहादुर थापाको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पोखराको चरक हस्पिटलमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।

नेपाली काँग्रेस कास्कीका सदस्य कृष्ण प्रसाद तिमिल्सिना र क्षेत्र नं १(ख)का सभापति कृष्ण कोइरालाले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो ।

थापाका एक श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक एवं शैक्षिक संघसंस्थामा समेत आवद्व रहनु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives