पोखरामा छतबाट खसेर थापाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ८, २०७८
dead-body

पोखरा, ८ भदौ । पोखरामा छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

पोखरा १६, लामाचौर बस्ने ४० वर्षीय शंकर थापाको मृत्यु भएको हो ।

गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतमा रहेको टिन मर्मत गर्ने क्रममा उहाँ खस्नु भएको हो । उहाँ स्कुलको मर्मत शाखामा कार्यरत हुनुहुन्थ्यो ।

घाइते अवस्थामा उपचारार्थ फिष्टेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives