पोखरा, ६ भदौ । उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा पोखराको चिसाखोला वेद विद्याश्रम पुग्नुभएको छ ।
विद्याश्रमको अवलोकनका लागि पुग्नुभएका मन्त्री शर्मालाई विद्याश्रमका पदाधिकारी एवं सदस्यहरुले स्वागत गर्नुभएको थियो ।
त्यसक्रममा उहाँले विद्याश्रमको विकासका लागि के गर्न सकिन्छ त्यस बारे अध्ययन गर्ने बताउनुभयो । विद्याश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
कार्यक्रममा विद्याश्रमका सल्लाहकार लक्ष्मीराज शर्मा गौतम, मन्दिर निर्माण समितिका संयोजक सुरेशकुमार श्रेष्ठ, कोषाध्यक्ष शिव प्रसाद पराजुली, प्रधानाध्यापक श्रीराम तिमिल्सिना र पत्रकार सुदीपराज ढुङ्गानाले बोल्नुभएको थियो ।
एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रममा कक्षा ६ देखि १२ सम्म देशभरका एक सय २७ जना विद्यार्थीले संस्कृत शिक्षा लिइरहेका छन् ।
पछिल्लो समय मन्त्री शर्माले धार्मिक तथा पर्यटकीय क्षेत्रको निरीक्षण तथा अवलोकनलाई निरन्तरता दिइरहनु भएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी