पोखरा,६ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ ।
उहाँले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्त्री थापाले खेलकुद सामाग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफुले पनि थपेर सामाजिक सेवा सँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भइसकेपश्चात पनि यो क्रम निरन्तर चलिरहेको छ । नागरिकका हरेक सुखदुखमा म सँगै छु । गफ मात्र नभई काममा विश्वास दिलाउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । ”
मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोहि अनुरुपको काम भइरहेको बताउनुभयो ।
नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई कांग्रेसको साख जोगिने गरी काम गर्न आग्रह गर्र्नुभयो ।
नेपाली कांगे्रस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गर्नुभयो ।
कार्यक्रम संचालन नेपाली कांग्रेस पोखरा ३३ का सह—संयोजक दिनेश आचार्यले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न