‘काँग्रेस मात्र ठिक रहेछ’ भन्दै पोखरा १९ मा सय बढी युवा काँग्रेस प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ५, २०७८
prabesh

पोखरा, ५ भदौं । पोखरा महानगरपालिका वडा नं १९ का एक सय बढी युवा नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १९ ले शनिवार आयोजना गरेको कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको सदस्यता प्रदान गरी नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।

नेपाली काँग्रेस इतिहास बोकेको पार्टी र काँग्रेस मात्रै ठिक भन्दै युवाहरु काँग्रेस प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेस इकाइका पूर्व कोषाध्यक्ष अमृत आचार्य, युवाहरु सुजन थापा र अमिर गुरुङले पार्टी प्रवेश कार्यक्रम समन्वय गर्नुभएको थियो ।

कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी काँग्रेस कमजोर हुँदा मुलुकको राष्ट्रियता कमजोर हुने भन्दै काँग्रेस बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले युवाहरुको काँग्रेस प्रवेश राष्ट्रियता, प्रजातन्त्र, संघीयता र गणतन्त्रका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

‘तपाईहरुको सामाजीक जीवनको जिम्मा अब हाम्रो हो, उहाँले भन्नुभयो, काँग्रेसलाई बलियो बनाउन र आउँदो स्थानीय निकायको निर्वाचनमा पार्टीलाई विजयी बनाउन तपाईहरुको भूमिका महत्वपूर्ण छ।’

कार्यक्रममा नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्यहरु पुष्पेन्द्र पाण्डे, शंकर ढुङ्गाना, नवीन सिग्देल, क्षेत्र नं ३ का क्षेत्रीय सचिव खिमलाल बास्तोला, नेपाल तरुण दल पोखरा १९ का सहसंयोजक दीपक बास्तोला, काँग्रेस नगर सदस्य राम प्रसाद श्रेष्ठ, विद्यार्थी नेताहरु राजीव बास्तोला, सतिश बास्तोला, नवप्रवेशी मान बहादुर केसी र अमिर गुरुङले बोल्नु भएको थियो ।

नेपाली काँग्रेस पोखरा १९ का सभापति महेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति नर बहादुर गुरुङले स्वागत र सचिव विष्णु बास्तोलाले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives