वन विज्ञानमा १० लाख अमेरिकी डलर पुरस्कार रहेको हल्ट प्राइज प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ५, २०७८
Hult

पोखरा, ५ भदौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा यस वर्ष पनि क्याम्पस स्तरीय हल्ट प्राइज प्रतियोगिता आयोजना हुने भएको छ ।

क्याम्पस डाइरेक्टर उरूषा लम्साल र डिपुटी क्याम्पस डाइरेक्टर संस्कार सुवेदी सहितको आयोजक समिति गठन भएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

गत वर्षको अन क्याम्पस विजयी समूह ‘अमृत’ काठमाडौंमा भएको क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट ६ टिममा पर्न सफल भएको थियो । टिम अमृतले अहिले आफ्नै उद्यम ‘मिलेट प्रोडक्ट्स’ सञ्चालन गरिरहेको छ।

सन् २०१० मा ‘हरेक बच्चालाई एक ल्याप्टप’ शीर्षकको विश्वव्यापी चुनौतीबाट हल्ट प्राइज प्रतियोगिता शुरु भएको थियो ।

विद्यार्थीहरूको नोवल पुरस्कार मानिने हल्ट प्राइजको पुरस्कार राशी १० लाख अमेरिकी डलर रहेको छ । हल्ट प्राइज फाउन्डेसनका संस्थापक अहमद अस्कर हुुनुहुन्छ भने प्रायोजक बर्टीन हल्ट हुनुहुन्छ ।

हल्ट प्राइज विजनेस स्कूल र संयुक्त राष्ट्रसंघ फाउन्डेसनको सहकार्यमा हरेक वर्ष प्रतियोगिता सञ्चालन हुने गर्दछ । अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टन हरेक वर्ष विश्वको जल्दोबल्दो समस्या उठान गरेर नयाँ शीर्षक चयन गर्नुहुन्छ ।

प्रतियोगिता निम्न चार चरणमा सञ्चालन गरिन्छः

१. पहिलो चरण विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हुन्छ । १२१ देशमा करिब तीन हजार विश्वविद्यालयमा आयोजना हुने यस प्रतियोगितामा विधार्थीहरूले ३ वा ४ जनाको समूह बनाएर सुरूवाती योजना रजिस्ट्रेसन फारम भर्नुपर्छ । यसपछि आयोजक समितिले आयोजना गरेका कार्यक्रम र तालिमबाट योजना अघि बढाउँदै लैजाने र गर्नुपर्छ । प्रतियोगिताको दिनसम्म स्पष्ट ढाँचा तयार गरी प्रस्तुत गर्नुपर्ने हुन्छ ।

२.अन क्यापसको विजयी टिम यसपछि क्षेत्रीय ‘दि रिजनल’ मा पुग्छन् । अन्य प्रतियोगी समूहले अझैपनि वाइल्ड कार्ड ईन्ट्री बाट क्षेत्रीय प्रतियोगितामा सहभागी हुने सम्भावना रहन्छ । क्षेत्रीयमा प्रतिस्पर्धा गर्ने समूहले आफैँ प्रतिस्पर्धा हुने स्थान रोज्न पाउँछन ्।

३. क्षेत्रीयमा विजयी टोली ६ हप्ताको एक्सिलिरेटर चरणमा पुग्छन् जहाँ योजनालाई लगानीमा रूपान्तरण गरिन्छ ।

४. एक्सिलिरेटर चरणमा विजयी समूह अब ग्लोबल चरणमा पुग्छन् र यहाँ विजयी समूहले नै दश लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ ।

यसपालीको चुनौती सन् २०२४ सम्म कम्तिमा २००० जनालाई रोजगारी सिर्जना गर्नु रहेको छ । अव्यवस्थित जीवनस्तर र कोभिड १९ को प्रभावका कारण धेरै मानिसको रोजगारी गुमेको र अर्थतन्त्र कमजोर भएको कुरा अवगतै छ । यसैले दीगो र भरपर्दो रोजगारी सिर्जना गरि, जीवनस्तर उकास्न, अर्थतन्त्र बलियो वनाउन र मानवीयताको सम्वन्ध प्रगाढ बनाउन हल्ट प्राइजले सुअवसर दिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives