थ्रि एन्जल्स नेपाल आत्मनिर्भर बन्दै ः गौतम

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ५, २०७८
साधारणासभा (4)

पोखरा, ५ भदौ । थ्रि एन्जल्स नेपालको १४ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

पोखरा १५ नयागाउँस्थित संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुअल माध्यमबाट सधारणसभा गरिएको हो ।

कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा.राजेन्द्रकुमार गौतमले संस्थाको दिगोपन र आत्मनिर्भरका लागि गरिएका प्रयासमा सबैको साथ मिलेको बताउनुभयो ।

संस्थाको सफलताका निमित्त संस्थामा आवद्ध सबैको भूमिका उत्तिकै हुने बताउँदै डा. गौतमले मानिसप्रतिको प्रेम र उसको क्षमता पहिचान गर्न सकेको खण्डमा कुनैपनि संस्था दिगो रुपमा अघि बढ्न सक्ने उल्लेख गर्नुभयो ।

थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले थ्रि एन्जल्स नेपाल संस्था मात्र नभएर एउटा परिवार भएको बताउनुभयो ।

थ्रि एन्जल्स नेपालका पूर्व सचिव भुपेन्द्र आर्चयले लामो संघर्ष र निरन्तर मेहनतले संस्था सफलताको बाटोमा आइपुगेको बताउनुभयो ।

यसैबीच संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गरेबापत प्रदान गर्दै आएको सर्वोत्कृष्ठ कर्मचारी अवार्ड शुभतारा थ्रि एन्जल्स मिसन स्कूलका जनसम्पर्क प्रमुख विष्णु ढकालले प्राप्त गर्नुभयो ।

उहाँलाई संस्थाका अध्यक्ष शारदा खत्री गौतम, प्रमुख कार्यकारी डा. राजेन्द्र गौतम र अघिल्लो वर्ष सोही अवार्ड प्राप्त गर्नुृहुने भिम पौडेलले संयुक्त रुपमा ट्रफी हस्तान्तरण गर्नुभयो ।

सााधारणसभाले संस्थाका सचिव गणेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७७÷७८ को प्रगती विवरण र संस्थाका कोषाध्यक्ष रमेश पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives