पोखरामा अवैध चन्दा संकलन गर्ने तीन पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ४, २०७८
Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.

पोखरा, ४ भदौ । पोखरामा अवैध रुपमा चन्दा संकलन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, ३२ वर्षीय टेक बहादुर बस्नेत र झापाकै हल्दोबारी गाँउपालिका–१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी छन् ।

पोखरा महानगरपालिका –२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट नगद चार लाख छ हजार चार सय छ रुपैयाँसहित पक्राउ गरिएको हो । युनिक स्वयंसेवक नेपाल नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives