सदैव गोर्खालीको सम्मान – शर्मा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २, २०७८
Gorkha Smarak Phedikhola (1)

पोखरा, २ भदौ । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेश सरकार सदैव गोर्खालीको सम्मानमा रहने बताउनु भएको छ ।

बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको ईतिहासलाई लिपिवद्ध गरी विश्व बजारमा विक्री गर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उल्लेख गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाले यस योजनालाई गौरवको योजनाको रुपमा लिएर काम गरिरहेको बताउनुभयो ।

त्यस अवसरमा वडा नं. १ का अध्यक्ष खिम बहादुर क्षेत्री, प्रजातन्त्र सेनानी तारापती सुवेदी, युवा नेता यम प्रसाद पौडेलले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

गोर्खा स्मारक ट्रष्टका अध्यक्ष जंगबहादुर गुरुङ र महासचिव डा. चन्द्रबहादुर गुरुङले गोर्खाली सैनिकको सम्मान र स्मृतिका लागि सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives