प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

रासस
भाद्र २, २०७८
rastra bank

काठमाडौँ, २ भदौ (रासस) । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ ।

सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा डा रामजी गौतमले हस्ताक्षर गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच/पाँच जना, एमफिल र विद्यावारिधितर्फका दुई/दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ ।

यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक शुरुआत भएको बताउनुभयो ।

उहाँले यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध/अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives