नेलम्बोको स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३२, २०७८
20210815_150909

पोखरा, ३२ साउन । पोखरा–४, गैह्रापाटनस्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा एक हप्ते निःशुल्क मुख तथा दन्त शिविर आइतवार सम्पन्न गरेको छ ।

समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोले पालिकाका हरेक क्रियाकलापमा साथ दिर्दै आएको बताउनुभयो ।

वडाध्यक्ष विक्रम गुरुङले आफ्नो वडालाई लक्षित गरी कार्यक्रम राखेकोमा नेलम्बोप्रति आभार प्रकट गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

माछापुच्छे«–६, धितालका वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले गाउँपालिका क्षेत्रमा नेलम्बोका गतिविधि उदाहरणीय बन्दै आएको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले महामारीलाई अवसरका रुपमा सिर्जना गरी संस्थाले कार्य गरिरहेको स्पष्ट पार्नुभयो । माछापुच्छे माविका प्रधानाध्यापक सन्तोष आचार्यले शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक लाभान्वित भएको उल्लेख गर्नुभयो ।

उक्त शिविरबाट कुल तीन सय १७ जना लाभान्वित भएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives