काँग्रेस १४औं केन्द्रीय महाधिवेशनको नयाँ मिति तय

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३०, २०७८
congress

पोखरा, ३० साउन । नेपाली काँग्रेसको १४औं केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

केही समयदेखिको अन्यौलता अन्त्य गर्दै महाविधेशनको नयाँ कार्यतालिका तय भएको हो । नयाँ तालिका अनुसार महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौंमा हुने भएको छ।

काँग्रेस सभापति शेर बहादुर देउवा निवासमा शनिवार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसँग सम्वन्धी क्रियाशील सदस्यको अन्तिम नामावली प्रकाशन र निर्वाचन निर्देशिका बुझाउँने समय तथा वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन मिति पनि तय गरेको छ ।

बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने गरी टुङ्गो लगाएको छ ।

भदौ १८ गते वडा, भदौ २७ गते गाउँ तथा नगरपालिका र असोज १ गते प्रदेश क्षेत्रको अधिवेशन तय गरिएको छ ।

बैठकले संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने निर्णय गरेको हो । यसअघि भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives