रामपुर, ३० साउन (रासस) ।पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शुक्रबार साँझ करिब ६ः०० बजेको समयमा घटना भएको हो ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते