सुजुकी एक्सचेञ्ज मेला

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३०, २०७८
sujuki

पोखरा, ३० साउन । बतास ब्रदर्स प्रा.लिले नयाँबजार – ९ पोखराले सुजुकी एक्सचेञ्ज मेला गरेको छ ।

सुजुकीका ग्राहकलाई सुविधा दिने उदेश्यले साउन २७ देखि २९ गतेसम्म एक्सचेञ्ज मेला गरिएको हो ।

मेलामा १० वटा सुजुकी गाडी खरिद विक्री भएको छ भने १२ वटा गाडी बुकिङ भएका छन् ।

सेल्स मेनेजर नवराज अधिकारीले सुजुकीप्रति आकर्षण बढिरहेको भन्दै एक्सेचेञ्ज मेलाले आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो ।

एक्सचेञ्जमा ग्राहकलाई रु चार लाखसम्म नगद छुट तथा रु दुई लाख एक्सचेञ्ज बोनस र सरल फाइनान्सको सुविधा प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives