विद्यार्थीलाई खोप माग्दै नेवि संघ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २९, २०७८
NSU

पोखरा, २९ साउन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले विद्यार्थीलाई कोभिड विरुद्वको खोप उपलब्ध गराउन माग गरेको छ ।

इकाइ समितिका कार्यवाहक अध्यक्ष सतिश बास्तोला नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई खोप माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

विज्ञप्तिमा खोप नलगाइ विद्यार्थीहरु परीक्षामा सामेल हुनुपर्ने अवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसप्रति आपत्ती जनाइएको छ । खोप नलगाइ परीक्षामा सामेल हुँदा विद्यार्थीको स्वास्थ्यमा गम्भीर खेलवाड भएको ठहर गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives