पोखरा, २९ साउन । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले हरेक व्यक्ति आत्मनिर्भर बन्न सीप आवश्यक पर्ने बताउनु भएको छ ।
‘मुलुक समृद्व बनाउन हरेक नागरिकलाई आत्मनिर्भर बनाउनुपर्छ उहाँले भन्नुभयो, त्यसैले हरेक व्यक्तिलाई सीप दिएर दक्ष बनाउनुपर्छ ।’
पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीले पशु सेवा तालिम केन्द्र पोखराको समन्वयमा आयोजना गरेको पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिमको उद्घाटन गर्दै उहाँले कृषि उत्पादन बढाउन नयाँनयाँ प्रविधि र सीप आवश्यक रहेको औल्याउनुभयो । उहाँले जीवनपद्वतीका कारण पछिल्लो समय विभिन्न खाले रोगको संक्रमण बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा पशु सेवा तालिम केन्द्रका प्रमुख डा. दिर्घनाथ ढुङ्गाना, नेपाली काँग्रेस नीति तथा प्रशिक्षण विभाग सदस्य किरण तिवारी, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्मा र पशु चिकित्सक डा दिपा दिवालीले बोल्नुभएको थियो ।
नेल्टा गण्डकीका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव सुरेश श्रेष्ठले स्वागत र कास्की अध्यक्ष बसन्त कोइरालाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन