पूर्व राष्ट्रिय पञ्चायत सदस्य न्यौपानेको निधन

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २९, २०७८
DEviraman

पोखरा, २९ साउन । समाजसेवी पोखरा १२, माटेपानी निवासी देवीरमण न्यौपानेको ८५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।

उहाँको पार्थिव शरीर शुक्रबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजनको सहभागिता रहेको थियो ।

न्यौपाने २०३२ सालमा राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएको थियो । १३ वर्षको उमेरमा कास्कीको माझगाउँको मुखिया र दुई पटक माझगाउँ पञ्चायतको प्रधानपञ्च बन्नु भएको थियो ।

जिल्ला शिक्षा समितिमा लामो समय कार्यरत उहाँ जिल्ला पञ्चायतको उपसभापति पनि बन्नुभयो । त्यस्तै, विभिन्न सामाजिक र शैक्षिक संघसंस्थामा संलग्न रहेर योगदान गर्नुभएको थियो । न्यौपाने अरुणोदय निमावि, प्रभात मावि र अवतारी प्राविको संस्थापक हुनुहुन्थ्यो ।

उहाँका दुई छोरा र ६ छोरी छन् । केशरीरमण न्यौपाने र राजुरमण न्यौपाने छोरा हुनुहुन्छ । उहाँहरु निजामती सेवाबाट निवृत्त हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives