पोखरा, २९ साउन । पोखरा ८, सृजनाचोक स्थित कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक समीक्षा बैंठक सम्पन्न भएको छ ।
बैठकमा सहकारीले हालसम्म गरेका उपलब्धी र भावि कार्ययोजना बारे छलफल भएको थियो । बैंठकमा संचालक समिति, विभिन्न समितिका पदाधिकारी एवं सदस्य, सल्लाहकार र कर्मचारीको सहभागिता रहेको थियो ।
बैठकमा संस्थाका कोषाध्यक्ष सुरेश श्रेष्ठले सहकारीको विगत, वर्तमान र भावि योजना बारे प्रस्तुती राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष आत्माराम पौडेल, उपाध्यक्ष महेश सिग्देल, सदस्य सीता बराल, सल्लाहकार किरण तिवारी, पूर्व संचालक राजेन्द्र पौडेल लगायतले संस्थाका सबै सदस्यको सामूहिक प्रयासबाट संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस