पोखरा, २८ साउन । पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य कक्षमा उहाँकै अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, दुवै दलका नेता तथा सचेतक, प्रवक्ता ,ने.कातर्फ दलका उप–नेता र प्रशासन प्रमुख बीच कर्मचारी हितको विषयमा गरिएका सहमतिलाई तोडमोड गरिएकोमा आपत्ती जनाइएको छ ।
सहमति कार्यान्वयन गर्नुको साटो प्रमुख प्रशासकीय अधिकृतबाट तोडमोड गरी सहमति कार्यान्वयन नगर्ने खालको गतिविधि गरिएको भन्दै आपत्ती जनाइएको छ ।
विज्ञप्तिमा विगत २०–२२ वर्ष देखि अस्थायी, करारमा रही कार्यरत सबै कर्मचारीहरुलाई योग्यताका आधारमा तत्काल स्थायी गर्न, स्थानीय तहका कर्मचारीहरुलाई एक तह बढुवा गरी समायोजन गर्न माग गरिएको छ ।
त्यस्तै, स्थायी पदमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा साविकको स्थानीय निकायले प्रदान गरेको भन्दा कम नहुने गरी संशोधन गर्न र अस्थायी, करार, सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा ज्यादै न्युन भएकाले एकमुष्ट उचित रकम दिने व्यवस्था गर्न माग गरिएको छ ।
विज्ञप्तिमा आफूहरु सदैव कर्मचारीको हितको पक्षमा रहेकाले कर्मचारीको मनोबल उच्च बनाउनुपर्ने उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी