नक्कली परीक्षार्थी राख्ने पक्राउ

रासस
श्रावण २३, २०७८
Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.

डोटी, २३ साउन (रासस) ।नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखी परीक्षा दिन लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसी रहेका छन्। प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई पक्राउ गरीआवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको हो ।

पक्राउ परेका बिसीलाई आवश्यक अनुसन्धानसहित कारवाहीका जिल्ला प्रहरी कार्यालय ल्याइएको र उनलाई किर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसअघि पनि प्रहरी जवानको अन्तर्वार्तामासुदिपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी गरी चार जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

उनीहरुलाई पनि किर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाइ हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८१
    पोखरा, २६ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    पोखरा, २५ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले,…
  • हेमजामा आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २४, २०८१
    पोखरा, २४ चैत ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका…
  • अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि…