काँग्रेसद्वारा पूराना नेता केसीको स्मृतिमा श्रद्वाञ्जली सभा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २१, २०७८
227013955_497646951299110_6559028794615312729_n

पोखरा, २१ साउन । पोखरा १४, काजिपोखरी निवासी काँग्रेसका पूराना निष्ठावान नेता रामचन्द्र केसीको १३ औ दिनको पुण्य तिथिमा बिहीबार श्रद्वाञ्जली सभा गरिएको छ ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १४ ले गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गगन थापाले केसी परिवारले अप्ठ्यारो अवस्थामा पार्टीलाई साथ दिएको बताउनुभयो ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका नेता थापाले बचाउन सक्ने धेरैलाई कोभिडबाट बचाउन नसकिएको भन्दै कोभिडबाट सतर्क बन्न सबैलाई आग्रह गर्नुभयो ।

काँग्रेस नेता शुक्रराज शर्माले काँग्रेसले सबैलाई सम्मान गर्ने भएकाले बलियो र सदृढ काँग्रेस निर्माणमा जोड दिनुभयो ।

नेता यज्ञबहादुर थापाले केसी परिवारमा लगातार बज्रपात भएको भन्दै केसी परिवारको साथमा पार्टी रहने उल्लेख गर्नुभयो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले केसी परिवारलाई सम्मान गर्दै पार्टीमा सम्मानजनक उचित स्थान दिनुपर्नेमा जोड दिनुभयो ।

परिवारको तर्फबाट किरण केसीले दुःखको बेला पाएको साथ सदैव सम्झना भैरहने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १४ का सभापति बोध बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेतृ सरस्वती गुरुङ, परिवारको तर्फबाट कृष्ण थापा र सचिव विष्णु प्रसाद पोखरेलले बोल्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives