गण्डकी प्रदेशको शिक्षा नमुना बनाउनुपर्छ – श्रेष्ठ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २१, २०७८
mekhalal

पोखरा, २१ साउन । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको शिक्षा नेपालको नमुना बनाउने बताउनु भएको छ ।

‘गण्डकी प्रदेशको शिक्षा ‘ब्राण्डेड’ हुनुपर्छ, सबैले यहाँबाट सिक्ने गरी शिक्षा नीति बनाउनुपर्छ, उहाँले भन्नुभयो – यहाँ पढेको विद्यार्थीलाई सरकार र निजी क्षेत्र समेत खोजेर र पर्खेर जागिर दिने अवस्था सृजना गर्नुपर्छ।’

मन्त्रालयले तयार पारेको प्रदेश शिक्षा नीतिको प्रारम्भिक मस्यौदामाथिको छलफलमा बोल्दै उहाँले मुलुकमा कानूनी जटिलता समस्याका रुपमा आउँने गरेको भएपनि पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्सो पाईला अघि सार्ने वित्तिकै कानुनी समस्या आइहाल्ने गरेको प्रशंसा उल्लेख गर्दै उहाँले त्यस्ता समस्यालाई पन्छाउँदै अघि बढ्ने उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले विकसित देश शिक्षाका कारण नै अघि बढेको बताउनुभयो । विद्यार्थी र अभिभावकलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्ने शिक्षा नीति आवश्यक भएको उहाँको भनाइ छ । उहाँले अबको शिक्षामा प्रयोगात्मक र श्रव्यदृश्यको बढी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयले तयार पारेको शिक्षा नीतिको प्रारम्भिक मस्यौदाका बारेमा पोखराका शिक्षासेवीहरुसँग बिहीबार सुझाव संकलन गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives