ढुङ्गामा चिप्लेर गुरुङको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २१, २०७८
1517213734dead-770×410

पोखरा, २१ साउन । ढुङ्गामा चिप्लेर एक जनाको मृत्यु भएको छ ।

गोरखा धार्चो गाउँपालिका–२ केरौजाबेसीका २६ वर्षीय विरे गुरुङको मृत्यु भएको हो ।

गुरुङ बागलुङको निसिखोला गाउँपालिका–७ राजकुट स्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङे पुल बनाउने काम गर्दै आउनु भएको थियो ।

सोही स्थानमा पानीको पाईप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई करीब ४० मिटर तल खस्दा उहाँको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives