घरको तलाबाट खसेर अवस्तीको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २०, २०७८
dead-body

पोखरा, २० साउन । घरको तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका – ८ क्वामी बस्ने ४० वर्षीय रामचन्द्र अवस्तीको मृत्यु भएको हो ।

आज दिउँसो पिसाब फेर्न जाने क्रममा एक तला माथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भई उपचारको लागि चापाकोट अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives