‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समितिको संयोजकमा बास्तोला

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १९, २०७८
chandra krishana

पोखरा, १९ साउन । ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रविन्द्र बास्तोलाको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, कास्की अध्यक्ष बिमला भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी र पुरस्कार संस्थापक परिवारको तर्फबाट माईकल कर्माचार्य हुनुहुन्छ ।

पुरस्कारको राशी एक लाख एक हजार सहित सम्मानपत्र र दोसल्ला रहेको छ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गर्नुभएको हो ।

ज्येष्ठ नागरिकको अधिकार प्राप्तिका पक्षमा लेख, रचना, श्रव्यदृश्य आदिद्वारा पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यसवर्षबाट संचालन गरिने पुरस्कार लेखनाथ उद्योग वाणिज्य संघको भदौ १८ मा हुने साधारणसभामा वितरण गरिने छ ।

आउँदो वर्षदेखि लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा असार २० गते पुरस्कारको प्रतिभा घोषणा गरिने र संघको अधिवेशन तथा वार्षिक साधारणसभामा वितरण गरिने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives