अभिभावकीय भूमिकामा रहने छु ः प्रदेश प्रमुख गुरुङ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १८, २०७८
prithibi man grung

पोखरा, १८ साउन । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशको अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

गण्डकी प्रदेश पोखरामा सोमबार प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै उहाँले संविधान, ऐन, नियम र कानुनको परिधिलाई मध्यनजर गर्दै हरेक किसिमको सहजिकरणमा आफू सर्धै अभिभावको भूमिका रहने विश्वास दिलाउनुभयो ।

‘संघीय लोकतन्त्रलाई संस्थागत गर्न हामी सवैको महत्वपूर्ण भूमिका छ’ प्रदेश प्रमुख गुरुङले भन्नुभयो, ‘यो प्रदेशलाई उन्नत प्रदेश निर्माणका लागि म अभिभावको रुपमा रहने छु ।’

संघीय लोकतन्त्रको स्थायित्वको लागि नै आफूलाई नेपाल सरकारले प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको बताउँदै उहाँले आफ्नो दायित्व बाट कत्ति पनि विचलित नहुने प्रष्ट पार्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुक संघीय लोकतान्त्रिक अभ्यासमा गएको बेला यसलाई संस्थागत गर्न र समृद्ध प्रदेश निर्माण गर्न वर्तमान प्रदेश प्रमुखको उपस्थिति ऐतिहासिक र गौरवमय भएको बताउनुभयो ।

गण्डकी प्रदेशको समृद्धिको लागि उहाँको योगदान अभिभावकको रुपमा रहनेमा ढुक्क रहेको पोखरेलको भनाई थियो ।

गुरुङलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते नियुक्त गर्नु भएको थियो ।

पदभार ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives