कास्कीमा गोरु काट्ने पाँच जना पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १८, २०७८
jail

पोखरा, १८ साउन । जिल्ला कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ कस्केरीमा गोरु काट्ने पाँच जना पक्राउ परेका छन् ।

हाईमान तामाङको खाली कुखुरा फर्म भित्र गोरु काटेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कस्केरी बस्ने ५६ वर्षीय कुल बहादुर वि.क, २७ वर्षीय अरुण तामाङ, २१ वर्षीय अभिनाष तामाङ, २७ वर्षीय जित बहादुर तामाङ, पोखरा महानगरपालिका–१९ तितेपानी बस्ने ३९ वर्षीय कुमार श्रेष्ठ छन् ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग