पत्रकार अधिकारीलाई धम्की दिइएकोमा प्रेस युनियन कास्कीको आपत्ती

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १६, २०७८
press

पोखरा, १६ साउन । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार रञ्जन अधिकारीलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा हस्ताक्षर गरी शनिवार प्रकाशित विज्ञप्तिमा गण्डक न्यूजका सम्पादक अधिकारीले लेखेको समाचारको विषयलाई लिएर धम्की दिइनु निन्दनीय र खेदजनक भएको उल्लेख छ ।

नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत् धम्की दिएकोमा आपत्ती जनाएको छ ।

प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै धम्की दिइएको घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको युनियन कास्कीको ठहर छ ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रता माथि आघात पु¥याउने यो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives