प्रहरी जवान (जनपद) पदको गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका २ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई अन्तरर्वार्ता लिने क्रममा शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । तस्वीरः शुरबहादुर सिंह÷रासस
कर्णाली, १६ साउन (रासस) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ ।
गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शङ्कास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
सो क्रममा उनीले रु एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उहाँले बताउनुभयो । नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते