मन्त्री थापालाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १६, २०७८
samman

पोखरा, १६ साउन । गण्डकी प्रदेश सरकार कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई शुभ मार्ग टोल विकास संस्थाले बधाई तथा सम्मान गरेको छ ।

मन्त्री थापालाई संस्थाका अध्यक्ष यामकुमार थापा सम्मानपत्र सहित बधाई ज्ञापन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री थापाले यस टोललाई सुरक्षित बनाउनका लागि सिसी क्यामरा जडान गर्न पहल गर्ने बताउनुभयो ।

उहाँले पोखरा–९ र ११ नं. वडालाई जोड्न पुललाई मर्मत संभार गर्न आफ्नो तर्फबाट पहल गर्ने बताउभयो । ‘तपाईहरुले गरेको यो बधाई तथा सम्मान कार्यक्रमले मलाई अझै बढी जिम्मेवारी थपेको छ’ उहाँले भन्नुभयो,‘म पदमा रहँदा पदको गरिमा कहिल्यै नघट्ने गरी काम गर्नेछु ।’ यस टोललाई व्यवस्थित बनाउनका लागि आफू सधै लागि पर्ने उहाँको भनाइ थियो ।

शुभ मार्ग टोल विकास संस्थाका अध्यक्ष यामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं. ९ की वडा सदस्य राममाया मानन्धर, शान्ति दर्शन टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशी, संयोजक गञ्जमान गुरुङ,कोषाध्यक्ष तुलबहादुर थापाले बोल्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives