क्षत्री समाजद्वारा मन्त्री खड्का र थापालाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १६, २०७८
Chetri Samaj manti Samma–15

पोखरा, १६ साउन । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ ।

समाजले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, कानुन सञ्चार तथा प्रदेशसभा मन्त्रीमा विन्दुकुमार थापालाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको छ ।

सम्मान ग्रहण गर्दै मन्त्री खड्काले समाजको नेतृत्व लिदै राजनीतिमा लाग्दा आफूले सदैव समाजलाई उच्च स्थानमा राखेको बताउनुभयो ।
जातीय सद्भाव कायम गराउन समाजले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकार सदैव सबै जाती समेटी सम्वृद्ध प्रदेश बनाउन लागी परेको बताउनुभयो । कोरोना भ्याक्सीन प्रदेशमा ल्याउन आफूले अन्तराष्ट्रिय रुपमा पहल गर्दै आईरहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेशमन्त्री विन्दुकुमार थापाले जनताको मतको कदर स्वरुप आफू मन्त्री भएकाले सो लाई कार्यान्वयन गर्न र प्रदेशको कानुन निर्माणमा सदैव लाग्ने समेत बताउनुभयो ।

समाजले प्रदेश सरकारको सहयोगमा निर्माण गरिन लागेको खस आर्य सङ्ग्राहलय बहुउद्देश्यीय भवनको आय–व्यय राख्दै कार्य सम्पन्न का लागि सबै तहबाट सहयोग गरिदिन समितिका संयोजक प्रेमबहादुर जिसीले अनुरोध गर्नुभएको छ ।

क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष पा्र.डा. दिलबहादुर क्षत्रीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापा, केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापा, सचिव हिमाल खड्का गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेत, कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्की लगायतले शुभकामना सहित आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives