मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक कोइरालालाई प्रेस युनियन कास्कीको बधाई

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १२, २०७८
Bharat Koirala Photo

पोखरा, १२ साउन । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई बधाई तथा शुभकामना दिएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार एक कार्यक्रमका बिच युनियनले बधाई र शुभकामना दिएको हो ।

युनियनका अध्यक्ष नवीन सिग्देल, केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीकी सभापति बिमला भण्डारी, सल्लाहकार रविन्द्र बास्तोला, गङ्गाधर पराजुली, हेमराज बरालले उहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संयोजक कोइरालाले अपेक्षा धेरै भएपनि सहकार्य गर्दै समस्या समाधान गर्दै जाने बताउनुभयो । आफूले जानेका सिप, दक्षता र क्षमताको आधारमा प्रदेश सरकारको कामहरु गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सल्लाहकारहरु रविन्द्र बास्तोला, गंगाधर पराजुली, हेमराज बराल, पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी, कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले बोल्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives