बुढीबजारको दुर्घटनामा एकको मृत्यु,तीन घाइते

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १०, २०७८
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

पोखरा, १० साउन । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

ग.१.च ९२४५ नम्बरको भेन र ग.२१.प १२५० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक दोलखाको मालि गाउँपालिका घर भई हाल पोखरा–२६ बस्ने २३ वर्षीय विनोद क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल पछाडि सवार बुढीबजार बस्ने १९ वर्षीय साङ्गे शेर्पा, गाडीमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २८ वर्षीय विशाल गुरुङ र रिसिङ बस्ने २४ वर्षीय जयराम थापा घाइते हुनुभएको छ ।

दुर्घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives