राजनीतिलाई समाज सेवा बनाऔं – थापा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १०, २०७८
Thapa

पोखरा, १० साउन । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा) गण्डकीको आयोजना र पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित दुई हप्ते पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम सकिएको छ ।

तालिममा विभिन्न आठ जिल्लाका १५ जनाको सहभागिता रहेको नेल्टाका महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले कृषि उत्पादनको बजारिकरणका लागि सरकारले वातावरण निर्माण गर्ने बताउनु भएको छ ।

उहाँले पशु स्वास्थ्य प्राविधिकका समस्या समाधानका लागि आफूले सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री थापाले राजनीतिलाई रोजगार जस्तो नभएर समाज सेवा बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पशु स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष जनकराज रावलले वडा तह सम्म नै कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले हरेक व्यक्तिका लागि सीप महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेल्टाका महासचिव सुरेश श्रेष्ठ, तालिम केन्द्र प्रमुख डा दीर्घनाथ ढुङ्गाना, डा ग्रिष्म न्यौपाने, नेल्टाका डिल्ली रेग्मीले बोल्नु भएको थियो ।

कार्यक्रम नेल्टा गण्डकी संयोजक सहदेव पौडेलको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives