‘बाच्न चाहन्छु मलाई बचाई दिनुहोस्’

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ९, २०७८
2 (1)

पोखरा, ९ साउन । विगत २ वर्ष देखि क्यान्सर पीडित संगीता नेपालीले आर्थिक सहयोगको याचना गर्नुभएको छ ।

पोखरा– २५ हेमजा निवासी नेपाली पाठेघर क्यान्सरबाट पीडित हुनुहुन्छ । क्यान्सरको लक्षण देखिएपछि वीपी मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा सेकाएर उपचार गराउनुभएको नेपालीको अहिले आएर समस्या जटिल बनेको छ ।

पछि गण्डकी मेडिकल क्लेजमा जाँच गराउँदा पिसाप थैली, दिसा थैली र पाठेघर नै फाल्नु पन्ने बताएपछि उहाँ तनावमा हुनुहुन्छ ।

‘पहिला सेकाएर हुन्छ भनेपछि सेकाउन लागे, केमु पनि चढाए अहिले पिसाव थैली, दिसा थैली र पाठेघर नै फाल्नु पर्दछ भनेको छ,’ ३५ वर्षीय नेपालीले रुदै भन्नुभयो,‘ खर्च धेरै लाग्ने रहेछ, साथमा सुको पैसा छैन, म बाच्न चहान्छु मलाई सहयोग गरेर बचाईदिनुहोस् ।’‘अहिले एक दम सकस भएको छ दिसा पनि पिसाव तिर निस्किएको छ’ भक्कानिदै उहाँले भन्नुभयो ।

भाडामा बस्दै आउनु भएको उहाँको श्रीमान, एक छोरा र एक छोरी हुनुहुन्छ । सानो बाकसमा घडि राखेर घडि बनाउने काम गर्दै आउनुभएका उहाँका श्रीमान जीत नेपाली अहिले श्रीमतीको उपचारमा खर्च गर्न नसकेको बताउनुहुन्छ ।

‘पहिला जेन तेन गरे उपचार गर्दा गर्दै भएको पैसा सकियो,‘ आफ्नो दुखेसो पोख्दै नेपालीले भन्नुभयो,‘ पहिलाको जस्तो व्यापार पनि छैन, व्यापार सकेर घर आयो श्रीमतीको पिडा देख्दा आफ्नै मन भक्कानिन्छ । पैसा नभएपछि न उपचार गर्न सकिएको छ न त छोराछोरीलाई नै पढाउन सकिएको छ ।’

नेपालीको परिवारलाई नजिकबाट नियालेका पोखरा–२५ हेमजाका धु्रव परियारले परिवारको अवस्था दयनीय भएकोले सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives