मन्त्री श्रेष्ठको पहिलो कदम कोभिड र बाढीपहिरो प्रभावित विद्यालय

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ९, २०७८
IMG_0117

पोखरा, ९ साउन । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृटि विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ ।

कोभिड र बाढीपहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभया े।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणीय रुपमा अगाडि बढाउँदै जेष्ठ नागरिकलाई सम्मान दिएर , बालबालिकाहरुको स्याहार सुसार गरि भविष्यको कर्णधार बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँदै महिला हक हितको लागि ११ वटै जिल्लामा केन्द्रको स्थापना गर्ने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले बाढीपहिरोबाट क्षति भएका विद्यालयहरुको विवरण संकलन गरी पठन पाठन सञ्चालन गर्नको लागि सहयोग उपलब्ध गराइने, कोभिड–१९ बाट प्रभावित शिक्षक एवम् विद्यार्थीहरुको लगत संकलन गरी आवश्यक अनुसार मनोसामाजिक परामर्श उपलब्ध गराइनुका साथै विद्यालयहरुमा विद्यार्थी एवम् शिक्षकहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives