निसान म्याग्नाइटमा बढ्दो आकर्षण, एक हजार बुकिङ

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ५, २०७८
magnite car

पोखरा, ५ साउन । निशान म्याग्नाइटप्रति ग्राहकको आकर्षण बढेको छ । निसान र ड्याटसनको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले छोटो अवधिमा नेपाली बजारमा निसान म्याग्नाइट लोकप्रिय बनेको जनाएको छ ।

म्यागनाइटको बिक्री सुरुवात भएको ७४ दिनको अवधिमा ५ सय ७८ वटा निसान म्यागनाइट बिक्री भएको प्रालिले जनाएको छ । गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएको थियो । १ हजार भन्दा धेरै बुकिङ भइसकेको प्रालिले जनाएको छ ।

‘यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा साबित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निसान म्याग्नाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बताइएको छ । ‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निसानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ । म्याग्नाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।

उच्च प्रविधिको समायोजन भएको म्याग्नाइटले अटो बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्न सफल भएको कम्पनीले बताएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives