.
गण्डकी, ३० असार (रासस) । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ ।
एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो ।
बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो ।
विरोधका बाबजुद पनि वैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गर्नुभएको थियो । प्रतिपक्षको बहिष्कारका बीच अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमाले असहमति जनाउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस
राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु