गण्डकी प्रदेशका उत्कृष्ट कृषक र उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पुरस्कृत

राष्ट्र न्यूज सम्वाददाता
असार ३०, २०७८
award

पोखरा, ३० असार । पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।

निर्देशनालयले बुधबार विभिन्न १० क्षेत्रका १० कृषकलाई पुरस्कृत गरेको हो । उनीहरुलाई जनही २० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

पुरस्कृत हुनेमा गाई÷भंैसीपालनतर्फ बाग्लुङका कृष्ण प्रसाद पौडेल, याक÷चौरीपालनतर्फ मनाङका सुरेश थकाली, बाख्रापालनतर्फ कास्कीका दुर्गादत्त पौडेल, भेडा÷च्याङ्ग्रापालनतर्फ मुस्ताङका विनोद प्रसाद तुलाचन, बंगुरपालनतर्फ कास्कीकी सरस्वती बस्ताकोटी हुनुहुन्छ ।

त्यस्तै, मासुका लागि कुखुरापालनतर्फ तनहुँका रामबहादुर रसाइली, अण्डाका लागि कुुखुरापालनतर्फ कास्कीका राजु थापा, ट्राउट माछापालनतर्फ कास्कीकी सीता गुरुङ, कार्प माछापालनतर्फ तनहुँका सुदीप कृष्ण श्रेष्ठ र घाँसखेतीतर्फ गोरखाका कृष्णप्रसाद धिताललाई पुरस्कृत गरिएको निर्देशनालयकी सूचना अधिकृत डा. प्रेरणा सेढाई भट्टराईले जानकारी दिनुभयो ।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयकी सचिव सवनम सिवाकोटी र निर्देशनालयका निर्देशक मन बहादुर पुनले संयुक्त रुपमा पुरस्कृत गर्नुभएको थियो ।

निर्देशनालयले प्रदेशका एक जनालाई सर्वाेत्कृष्ट कृत्रिम गर्भाधानकर्ता र सात जनालाई उत्कृष्ट कृत्रिम गर्भाधानकर्तालाई पुरस्कृत गरेको छ ।

नवलपरासीका नागेन्द्र शाहलाई सर्वाेत्कृष्ट कृत्रिम गर्भाधानकर्ताका रुपमा पुरस्कृत गरिएको हो । उहाँलाई नगद ३० हजारसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

गोरखाका सुदीप विक, लमजुङका अमृत अधिकारी, तनहुँका विनोेद बानियाँ, कास्कीका किमलाल रानाभाट, स्याङ्जाका हिरामणि ढकाल, पर्वतका नारायण प्रसाद आचार्य र बाग्लुङका कृष्ण प्रसाद पौडेललाई नगद २० हजारसहित प्रशंसापत्र प्रदान गरि उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता रुपमा पुरस्कृत गरिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives